
विराटनगर, साउन १९ । विराटनगरमा कोरोनाबाट सोमबार एकजनाको मृत्यु भएको छ ।
कोशी अस्पतालको आइसोलेसनमा विराटनगर–५ का ७७ वर्षिय वृद्धको मृत्यु भएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
स्वासप्रश्वासको समस्या भएर सोमबार अस्पताल पुगेका ती वृद्धको आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा दिउँसो मृत्यु भएको हो ।
मृत्यु पछिमात्र उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।
उनी मधुमेह रोगबाट पीडित थिए । चार दिनयता उनलाई ज्वरो आएपछि अस्पताल लगिएको थियो ।
यसैगरि मोरङको सुनवर्षी नगरपालिका ८ का ४५ वर्षीय पुरुषको पनि सोमबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्