
काठमाडौं, साउन १९ । काठमाडौं उपत्यकालगायत देशैभर कोरोनाको संक्रमण बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार जनस्वास्थ्यविद्हरुसंग बालुवाटार छलफल गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले संक्रमण नियन्त्रणको उपाय बारे जनस्वास्थ्यविद्हरुसंग छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
विज्ञहरुले लकडाउन वा अन्य विकल्प नअपनाए भयावह अबस्था आउने चेतावनी दिइरहेका छन् ।
लकडाउन खोल्दा आवश्यक सावधानी नपाएर निर्णय लिइएको भन्दै सरकारको आलोचना समेत भएको छ ।
प्रधानमन्त्री ओलीले यसअघि लकडाउन खोल्नु अघि पनि विज्ञहरुसंग परामर्श गर्नुभएको थियो ।
सरकारले संक्रमण नियन्त्रणका सम्बन्धमा छिट्टै अर्को रणनीति बनाउने तयारी समेत गरिरहेको बताइन्छ ।
पछिल्लो समय प्रदेश २ का वीरगंज, धनुषालगायत ठाउँमा संक्रमण बढिरहेको छ भने काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या धमाधम थपिदैं गएको छ ।
प्रतिक्रिया दिनुहोस्