२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


भ्रष्टाचारको आरोप लागेपछि पूर्व राजाले गरे देश छाड्ने निर्णय


0
Shares

king spain corrution alligation leaving

एजेन्सी, साउन २० । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने निर्णय गर्नुभएको छ । स्पेनिस राजदरबारले जनाए अनुसार उहाँले यससम्बन्धि जानकारी आफ्ना छोरालाई गराइसक्नुभएको छ ।

केही हप्ताअघि शुरु गरिएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा तानिएपछि ८२ वर्षीय पूर्व राजा ख्वान कार्लोसले देशै छोड्ने निर्णय गर्नुभएको अनुमान गरिएको छ ।

पूर्व राजा कार्लोसले पत्र लेखेर देश छोड्ने सम्बन्धि जानकारी छोरा फेलिपेलाई गराउन भएको हो । छोरा फेलिपेलाई ६ वर्षअघि ख्वानले सत्ता हस्तान्तरण गर्नुभएको थियो ।

साथै पूर्व राजा ख्वानले भ्रष्टाचारबारे अनुसन्धान गरिरहेका अधिकारीहरुले अन्तर्वार्ता गर्न चाहेमा आफू उपलब्ध रहेको पनि प्रष्ट गर्नुभएको छ ।

स्पेनको सर्वोच्च अदालतले गत जुनमा साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्झौतामा पूर्व राजा ख्वानको संलग्नता रहेका बारेमा अनुसन्धान थालेको थियो ।

देश छाड्ने निर्णय गर्नुभएका पूर्व राजा कुन देशमा बस्न जानुहुनेछ भन्ने त यकिन भैसकेको छैन तर अब उहाँ देशभित्र भने नरहेने प्रष्ट भएको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन् ।