
काठमाडौं, साउन २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।
केन्द्रीय कार्यालय टंगालमा कार्यरत १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
१८० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आयोगका अनुसार संक्रमण देखिएकामध्ये धेरैजसो प्रहरी छन्, केही नमुना अझै परीक्षण हुन बाँकी छ ।
प्रहरी प्रधान कार्यालयबाट काजमा आयोगमा आएका १ जना सईलाई ज्वरो आएपछि परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको हो ।
पछिल्लो समय प्रहरी प्रधान कार्यालयका ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्