१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चितवनमा ट्रकको ठक्करबाट बालिकाको मृत्यु


0
Shares

चितवन, साउन २० । चितवनको माडी नगरपालिकाको बगही बजारमा ट्रकको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा नम्वर– ९ गोविन्दबस्तीमा ना. ५ ख. ६७७९ नम्बरको मालबाहक ट्रकले ठक्कर दिँदा स्थानीय ६ वर्षीय बालिका खुस्वु दुराको घटनास्थलमै मृत्यु भएको माडी प्रहरीले जनाएको छ ।

बगहीँबाट बसन्तपुरतर्फ आउँदै गरेको ट्रकले खेलीहरेकी बालिकालाई ठक्कर दिएको थियो ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।