१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


श्वाब संकलनका लागि मन्त्रालयले तोक्यो काठमाडौं उपत्यकाका १४ अस्पताल


0
Shares

काठमाडौं, साउन २० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको श्वाब संकलन गर्न काठमाडौं उपत्यकाका १४ अस्पताल तोकेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ती निकाली श्वाव संकलन गर्न ११ सरकारी र ३ निजी अस्पताल तोकेको हो ।

जसमा सरकारी अस्पतालतर्फ वीर, पाटन, त्रिवि शिक्षण अस्पताल, सिभिल, विरेन्द्र सैनिक अस्पताल, टेकु अस्पताल, नेपाल प्रहरी, भक्तपुर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुती गृह र नेपाल कोरियामैन्त्री अस्पताल रहेका छन् ।

यस्तै निजीतर्फ ह्याम्स, स्टार र काठमाडौ मेडिकल कलेज रहेका छन् ।

विज्ञप्तीमार्फत शंकास्पद बिरामीको सम्र्पकमा आएका, जोखिमयुक्त स्थानबाट आएकाहरुको तोकिएका अस्पतालहरुमा श्वाव संकलन गर्न सक्ने जनाइएको छ ।

जसमा बिहान ९ देखि १ बजे भित्रमा श्वाव संकलन गराउनु पर्ने छ ।

मन्त्रालयले तोकिएका सबै हब अस्पताल, लेभल १, २ र ३ अस्पताल र कोभिड क्लिनिक अस्पतालले पनि श्वाव संकलन गर्न सक्ने जनाएको छ ।