२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भक्तपुरमा औपचारिक रुपमा मात्र मनाइयो गाइजात्रा


0
Shares

भक्तपुर, साउन २० । भक्तपुरमा पनि गाइजात्रा पर्व मनाइएको छ ।

यस पल्ट नगरपालिकाको पहलमा घ्यान्टान्घिसि र बाजागाजारहित गाइजात्रा मनाउन नगरपालिकाले सुझाएपछि औपचारिक रुपमा मात्र गाइजात्रा मनाइएको हो ।

जात्रा अवधिभर भीड नियन्त्रणका लागि स्वयंसेवक र प्रहरी खटाइए पनि कयौँ ठाउँमा भने भीड बाक्लो थियो ।

आठ रात नौ दिन मनाइने गाइजात्रा पर्वमा यसपटक साँस्कृतिक प्रस्तुति र नाँचहरु पनि कोरोना महामारीका कारण नहुने भएको छ ।