१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उदयपुरमा छुट्टा-छुट्टै घटना हुँदा दुईजनाको मृत्यु


0
Shares

उदयपुर, साउन २० । उदयपुरमा छुट्टा छुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ ।

चौदण्डी गढी नगरपालिका–४ बसाहा बुईपाली टोलका १९ वर्षीय प्रकाश विक गर्मी छल्न साथीहरुसँग करुन्जे पोखरीमा जाँदा नुहाउने क्रममा डुबेर मृत्युु भएको छ ।

स्थानीय र नेपाल प्रहरीको सहयोगमा ३ घण्टापछि उनको शव भेटिएको थियो ।

यस्तै बेलका नगरपालिका– ५ सिखरमाडीका १२ वर्षीया विभिषा खडकाले घरमा कोही नभएको समयमा आमाको सल प्रयोग गरेर आत्माहत्या गरेकी छन् ।

उनको शव पोष्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठइएको छ ।