
पाल्पा, साउन २० । पाल्पामा कोरोना संक्रमितहरु सबै डिस्चार्ज भएका छन् ।
संक्रमण पुष्टि भएपछि अस्पतालका आइसोलेसन वार्डमा भर्ना गरिएका सबै संक्रमित डिस्चार्ज भएका हुन् ।
संक्रमित ५६१ जनामध्ये १ जनाको मृत्यु भएको छ भने ५ सय ६० जनालाई डिस्चार्ज गरिएको छ ।
१४ दिन आइसोलेसनमा बसेका उनीहरुको परीक्षण नै नगरी घर पठाइएको हो ।
१४ दिन आइसोलेशनमा राखी लक्षण नदेखिए डिस्चार्ज गर्ने स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको सम्बन्धित अस्पतालहरुले जनाएका छन् ।
जिल्लामा अहिले आसोलेशनमा १ जना पनि कोरोना संक्रमित विरामी नभएकाले आजको मितिसम्मलाई संक्रमण मुक्त जिल्ला भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्