१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


अयोध्यामा राम मन्दिर बनाउन मोदीले गरे भूमिपूजन र शिलान्यास


0
Shares

narendra Modi ram mandir aayodhya

एजेन्सी, साउन २१ । भारतको अयोध्यामा राम मन्दिर बनाउनका लागि भूमि पूजन गरिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भूमिपूजन गर्दै शिलान्यास गर्नुभएको हो ।

राम जन्मभूमि तीर्थ क्षेत्र कोषले अयोध्यामा निर्माण गर्न लागेको भगवान रामको मन्दिरको प्रधानमन्त्री मोदीले बुधबार भूमि पूजा गरी जगको ढुंगो राख्नुभएको हो ।

भूमि पूजामा प्रधानमन्त्री मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, भारतीय जनता पार्टीको मातृ संस्था राष्ट्रिय स्वयंसेवक संघका प्रमुख मोहन भागवत र राज्यपाल आनन्दीबेन पटेललगायतको उपस्थिति थियो ।

भूमि पूजा गर्नुअघि मोदीले हनुमानगढीमा पूजा तथा आरती गर्नुभएको थियो । मोदीले रामललाको दर्शन गर्दै साष्टांग दण्डवत् गर्नुभएको थियो ।

मोदी हेलिकप्टर मार्फत दिल्लीबाट अयोध्या जानुभएको हो । अयोध्यामा रहेको बाबरी मस्जिद भत्काएर राम मन्दिर बनाउने नारा बोकेर सत्तामा पुगेको भाजपाले अन्ततः मोदीको दोस्रो कार्यकालमा राम मन्दिर बनाउन लागेको हो ।

यसअघि अयोध्या जमिन विवादमा सर्वोच्च अदालतले राम मन्दिर बनाउन पाउने फैसला गरेको थियो । उक्त फैसलालगत्तै केन्द्र सरकारले कोष बनाएको थियो ।