३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


सर्लाहीमा मंगलबार रातीदेखि विद्युत् अवरुद्ध


0
Shares

सर्लाही, साउन २१ । सर्लाहीमा मंगलबार रातीदेखि विद्युत् अवरुद्ध भएको छ ।

गएराति चलेको हावाहुरीसँगै आएको पानीका कारण सर्लाहीमा विद्युत् अवरुद्ध भएको हो ।

रौतहटको चन्द्रनिगाहपुरबाट तानिएको ३३ केभि प्रसारण लाइनमा हुरीबतासले क्षति पुर्‍याएको जनाइएको छ ।

यसैगरी, ढल्केवरबाट तानिएको विद्युतमा् समस्याको पहिचान गर्ने काम भइरहेको र समस्या पत्ता लाग्ने वित्तिकै मर्मत गरेर विद्युत् प्रवाह सुचालु गरिने नेपाल विद्युत् प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख सुधिर कुमार रायले जानकारी दिनुभयो ।

वर्षा धेरै हुँदा पोल ढल्ने र चर्को घाम लागेको समयमा ओभरहिट भएर कनेक्सन छुट्ने समस्या बढी देखिने गरेको प्राविधिकहरुले बताएका छन् ।