
काठमाडौं, साउन २१ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा पर्साका दुई जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएको हो ।
१८ वर्षीया युवती र ४६ वर्षीय पुरुषको मृत्यु भएसंगै मृतकको संख्या ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।
कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
पछिल्लो २४ घण्टामा तीन सय ८१ जना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको हो ।
थपिनेमा काठमाडौं उपत्यकाका ६२ जना रहेका छन् । जसमा काठमाडौंका ५७ तथा ललितपुरका ५ जना हुन् ।
हाल सक्रिय संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक सय ३० जनालाई निको भएको छ ।
हालसम्म निको भएकाको संख्या १५ हजार १ सय ५६ पुगेको छ । जुन ७० दशमलव ८ प्रतिशत हो ।
हाल ६ हजार १ सय ७४ जना आइसोलेसनमा रहेका छन् । ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा छन् ।
पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५९ जनाको मात्र पीसीआर परीक्षण भएको छ ।
सरकारले भने कम्तीमा १० हजारको परीक्षण गराउने भन्दै आएको छ ।
मन्त्रालयले कोरोनाबाट बच्ने एकमात्र उपाय सामाजिक दूरी, मास्क र सेनिटाइजरमात्र भएको भन्दै अनिवार्य रुपले अपनाउन आग्रह गरेको छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्