
काठमाडौं, साउन २१ । बुधबार काठमाडौं उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतम अनुसार काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिनुभयो ।
मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।
प्रतिक्रिया दिनुहोस्