२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


शेयर बजारमा दोहोरो अंकको गिरावट


0
Shares

nepse

काठमाडौं, साउन २१ । बुधबार शेयर बजारमा दोहोरो अंकको गिरावट आयो ।

बजार परिसूचक नेप्से २१ अंकले ओरालो लागेर १३ सय ८२ मा आइ थामियो ।

यस दिन नेप्सेको वेभसाइट र अनलाइन कारोबारमा समस्या आएसंगै ढिलो मात्र कारोबार शुरु भएको थियो ।

नेप्सेको वेबसाइट र टीएमएसको तथ्यांकसमेत मेल नखाँदा लगानीकर्ताहरु अन्यौलमा परेका थिए ।

यस दिन नेप्सेको वेभसाइटमा समूहगत सूचक देखिएन ।

वेभसाइट अनुसार नेप्सेमा १ सय ८६ कम्पनीको ३४ लाख ४७ हजार कित्ता शेयर १ अर्ब २४ करोड बराबरमा किनबेच भएको छ ।