६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिमरा विमानस्थलमा एटिआर बिमानको परिक्षण उडान सफल


0
Shares

बारा, साउन २१ । सिमरा विमानस्थलमा एटिआर बिमानको परिक्षण उडान सफल भएको छ ।

नागरीक उडयन प्राधिकरणको अनुमतीमा बुद्ध एयरले सिमरा बिमानस्थलमा एटिआर ७२, पाच सय सिरिजको जहाजले सफल परिक्षण उडान गरेको हो ।

काठमाडौंबाट १७ जना हबाई प्राविधिक सहितको टोलि लिएर उडेको बुद्ध एयरको जहाजले दक्षिण र उत्तर गरी दुवै तर्फबाट उडान तथा अवतरण गरी सफलता पुर्वक परिक्षण उडान सम्पन्न गरेको हो ।

यस अघि बुद्धका एटिआर ४२, ३२० सिरिज र बिच १९ डि एयरक्राफ्टले मात्र सिमरा विमानस्थलमा सेवा प्रदान गरीरहेको थियो ।

प्राधिकरणको सबै सुरक्षा मापदण्ड अनुसार सिमरा बिमानस्थलमा एटिआर ७२,को परिक्षण सफल भएको र अबका दिनमा यो क्षमताका बिमानले सेबा प्रबाह गर्न सक्ने विमानस्थल कार्यालय, सिमराका प्रमुख बसन्त गौतमले बताउनुभयो ।

नेपाल कै सवै भन्दा पुरानो सिमरा विमानस्थलको लम्बाई ११९० मिटर रहेको छ ।

औद्योगिक करिडोर र भारतीय पर्यटकका लागि काठमाण्डौ छोटो दुरीको उडानका कारण समेत सिमरा विमानस्थल सधै भिडभाड हुने गर्दछ ।