
काठमाडौं, साउन २१ । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न रहेर फरार सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर बस्ने ४६ वर्षीय ह्याङ्गलाल तामाङलाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले उदयपुर, झापा, सिन्धुपाल्चोक र काठमाडौंका चार महिलालाई कुवेतमा राम्रो तलबमा काम लगाइदिन्छु भनेर भारतमा लगेर बन्धक बनाएकाले तामाङलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
तामाङले ती महिलालाई वि.स. २०७३ मा वीरगञ्ज नाका हुँदै दिल्लीमा बन्धक बनाएर राखे पनि प्रहरीले २०७४ मा महिलाको उद्धार गरेर मनोपरामर्श दिएर आफन्तको जिम्मा लगाइसकेको छ ।
पक्राउ तामाङलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान कारवाही हुने ब्युरोले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्