
काठमाडौं, साउन २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको निजी सुरक्षामा रहेका ६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा ६ जना प्रहरी अधिकारीलाई संक्रमण देखिएको हो ।
दाहाल सचिवालय स्रोतका अनुसार पहिलो घेरामा रहेका सुरक्षाकर्मीमा संक्रमण देखिएको छैन । तर गेटमा खटिने सेन्ट्री टोलीलगायतमा खटिने सुरक्षाकर्मी भने संक्रमित भएका हुन् ।
सुरक्षाकर्मीमा कोरोना देखिएपनि परिवारका कुनै सदस्यलाई संक्रमण नदेखिएको दाहालका प्रेस संयोजक विष्णु सापकोटाले सञ्चारमाध्यमलाई बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्