
काठमाडौं, साउन २२ । पछिल्लो पाँच महिनामा वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेका २६ नेपाली श्रमिकको मृत्यु भएको छ ।
मार्चदेखि जुलाई अन्तिमसम्म कोरोना संक्रमणका कारण ती नेपालीहरुको मृत्यु भएको हो ।
कुवेतमा कोरोना संक्रमणबाट १ महिलासहित ७ जना पुरुष रहेको तथा अन्य १८ जनाको विभिन्न कारणले मृत्यु भएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार कोरोनाको कारण मृत्यु भएका ८ जनाकै परिवारसँग समन्वय गरी कुवेतमै अन्तिम संस्कार गरिएको छ ।
हालसम्म कुवेतबाट विभिन्न उडानमार्फत १३ जनाको शव नेपाल ल्याइएको छ ।
कुवेतमा यसअघि ८४ जना नेपाली कोरोनाबाट संक्रमित भएको उल्लेख गरिएको थियो ।
त्यसपछिको अहिलेसम्म के कति नेपाली श्रमिकहरु कोरोनाबाट संक्रमित भए कति उपचारपछि निको भएर काममा फर्किए भन्ने नेपाली दूतावाससँग पनि तथ्यांक छैन ।
प्रतिक्रिया दिनुहोस्