१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इलाममा एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण


0
Shares

मङ्गलबारे, साउन २२ । इलाममा बिहीबार एकै दिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण फेला परेको छ ।

यही साउन साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

सशस्त्र प्रहरी एक नम्बर गण बाहिनीमा कार्यरत सशस्त्रमा कोरोना संक्रमण देखिएको हो ।

साउन १८ गते ४२ सशस्त्र र अन्य गरी ६८ जनाको स्वाब सङ्कलन गरेर पठाइएको थियो ।

हालसम्म यस गणमा जम्मा ४६ सशस्त्रमा कोरोना पुष्टि भइसकेको स्वास्थ्य कार्यालय इलामका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा हालसम्म दुई नेपाली सेना र एक प्रहरीमा समेत कोरोना पुष्टि भइसकेको छ भने अन्य गरी इलाममा कोरोना संक्रमितको सङ्ख्या ७६ पुगेको छ ।

त्यस्तै १५ गते नै इलामको रोङ गाउँपालिकाबाट समेत १५४ जनाको स्वाब सङ्कलन गरेर पठाइएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

रेन्टिनमा बसेका, गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयवासीको रिपोर्ट नेगेटिभ आएको हो ।

कारोना फोकल पर्सन बरालका अनुसार इलाममा समुदायमा कोरोना नफैलिएकाले ढुक्क हुन सर्वसाधारणलाई उहाँले आग्रहसमेत गर्नुभयो । रासस