
सप्तरी, साउन २२ । सप्तरीमा कोरोनाको जस्तै लक्षण देखिएर मृत्यु भएका तीनमध्ये एक जनामा संक्रमण पुष्टि भएको छ ।
सप्तरीको रुपनी गाउँपालिका–४ का ४५ बर्षिय पुरुषमा मृत्युपछि संक्रमण पुष्टी भएको हो ।
४५ दिन पहिले उनी मलेसियाबाट आएर होम क्वारेन्टिनमा बस्दै आएका थिए ।
मंगलबार एक्कासी ज्वरो आएर सास फेर्न गाह्रो भएपछि उनलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल लगिएको थियो ।
त्यहाँ उपचार सम्भव नभएपछि धरान रिफर गरिएको थियो ।
धरान लैजाँदै गर्दा मंगलबार राति बाटोमै उनको मृत्यु भएको थियो ।
कोरोनाको जस्तै लक्षण देखिएर मृत्यु भएका दुई जनाको भने पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
प्रतिक्रिया दिनुहोस्