२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कृषकले पाए भालु धपाउने यन्त्र


0
Shares

सोलुखुम्बु, साउन २२ । सोलुखुम्बुका लेकाली भेगका कृषकले भालु धपाउने यन्त्र पाएका छन् ।

डिभिजन वन कार्यालय सोलुुखुम्बुले भालुबाट हैरान भएका कृषकका लागि पड्काएर भालु तर्साउने यन्त्र वितरण गरेको हो ।

बारीमा भालुबाट मकै जोगाउन सानासाना छाप्रा र त्यसमा टिन झुण्ड्याएर बारीमै जाग्राम बस्ने कृषक यन्त्र पाएपछि खुशी भएका छन् ।

जिल्लाका तामाखानी, वेनी र सोताङमा यन्त्र वितरण गरिने वन अधिकृत डा.इन्द्रप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न स्थानमा भालुको आक्रमणले वर्षेनि दर्जनौँ स्थानीय घाइते तथा मृत्युसमेत हुने गरेको छ ।