१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सबैले दूरी कायम गरौँ : डब्लुएचओ


0
Shares

काठमाडौं, साउन २२ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपालस्थित कार्यलयले आधारभुत स्वास्थ्य सुरक्षाका सावधानीहरु प्रयोग नगरेका कारण नेपालमा कोरोना संक्रमितको संख्या बढेको जनाएको छ ।

मानिसहरूले पर्याप्त दूरी कायम नगरेकाले नै जीवाणु फैलन सजिलो भएको जनाएको हो ।

डब्लुएचओका नेपाल प्रतिनिधि डा. जोस भ्याण्डेलरले नेपालमा केही स्थानमा संक्रमण समुदाय स्तरमा नै फैलिएको बताउनुभयो ।

डा. भ्याण्डेलरले संक्रमण कम गराउन लकडाउन मात्र विकल्प नभएकाले सबैले दूरी कायम गरी सावधानी अपनाउनु सल्लाह दिनुभयो ।