
काठमाडौं, साउन २३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अनशनरत इनफ इज इनफ का अभियन्ता ई लगायतको माग पूरा गर्न सरकारसँग माग गरेको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै अनशनरत युवाले ‘न सत्ता न त भत्ता मागेको’ भन्दै अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुरेको भन्दै प्रधानमन्त्री केपी ओलीलाई प्रश्न गर्नुभएको छ ।
अनशनमा बसेको बीस दिन हुँदासक्दा सरकार स्वयंले अघिल्लो अनशनका क्रममा गरेको सम्झौता पालना गर्न गम्भीर नदेखिएको आरोप प्रवक्ता शर्माले लगाउनुभएको छ ।
संक्रमणबाट जनतालाई बचाउनुपर्ने सरकारलाई दबाब दिन जनता स्वयं सडक प्रदर्शन र अनशनमा ओर्लनुपर्ने अवस्था आउनु लज्जास्पद भएको कांग्रेसको टिप्पणी छ ।
जनताको जीवन रक्षा गर्न युद्धस्तरमा कार्य गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता दुबै कुरा सरकारसँग नदेखिएको पनि शर्माले विज्ञप्तिमा भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्