२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेपालमा ४६४ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ७० पुग्यो


0
Shares

काठमाडौं, साउन २३ । नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएसंगै मृतकको संख्या ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनु भयो ।

मृतकमा पर्साका ३ जना तथा सिरहा र सर्लाहीका एक एक जना हुन् ।

पर्साका ४५ वर्षीय, ५७ वर्षीय र ७९ वर्षीय तथा सिराहाका २५ वर्र्षीय र सर्लाहीका ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

अहिलेसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २२ हजार २ सय १४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ सय ६४ जना नयाँ संक्रमित थपिएका छन् ।

जसमा काठमाडौंमा अहिलेसम्मकै बढी एक सय ६ जना रहेका छन् ।

हाल ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित रहेका छन् । ३ जना भेन्टिलेटरमा रहेका छन् ।

हाल १० हजार २ सय ७ जना क्वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ७ हजार ९ सय २६ जनाको पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घण्टामा ४ सय २५ जना निको भएर डिस्चार्ज भएका छन् ।

हालसम्म १५ हजार ८ सय १४ जना कोरोना भाइरसबाट मुक्त भएका छन् ।

भिडियो हेर्नुहोस्

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.23

Press Briefing on COVID-19 Ministry of Health and Population-Nepal 2077.04.23#COVID-19

Posted by Ministry of Health and Population-Nepal on Friday, August 7, 2020