१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित, पुरानै अनुहार दोहोरिए


0
Shares

काठमाडौं, साउन २३ । राष्ट्रिय सभाअन्तर्गतको ४ वटा समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।

शुक्रबार भएको राष्ट्रिय सभाको सभापतिको निर्वाचना सबै समितिका सभापति निर्विरोध भएका हुन् ।

राष्ट्रिय सभा नियमावली अनुसार २ वर्ष कार्य अवधी गत साता पूरा भएपछि पुर्नर्गठन भएको नयाँ समितिमा फेरि पुरानै अनुहार दोहोरिएको छ ।

दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वाश्न समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समतिमा दिलकुमारी रावल थापा निर्वाचित हुनुभएको छ ।

दलहरुबीच भएको सहमतिअनुसार यसअघिकै सभापतिहरु पुननिर्वाचित भएका हुन् ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा निर्वाचित हुनुभएका रामनारायण विडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्वका दास्तावेजहरुलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भइको र अव कार्यान्वयनमा जाने बेला भएको बताउनुभयो ।

उहाँले सरकारलाई कानून निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरुलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाइने बताउनुभयो ।

दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले समितिले यस अघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिदै सरकारलाई थप सचेत बनाउने कामलाई अगाडि बढाउने बताउनुभयो ।

उहाँले विभिन्न मन्त्रालय अन्तर्गत के के काम भइराखेको छ र सरकारले के गरिरहेको छ भन्ने कुरामा ओभरसाइड गर्ने बताउनुभयो ।

राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले वार्षिक कार्ययोजना निर्माण गरी समितिका काम कारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।