
विराटनगर, साउन २३ । कोसी अस्पताल विराटनगरमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
विराटनगर महानगरपालिका ९ का ५८ वर्षिय पुरुको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।
एक सातादेखि ज्वरो र खोकीको समस्या रहेपछि उनलाई अस्पतालमा भर्ना गरीएको थियो भर्ना लगत्तै अस्पतालले मृत्यु भएको घोषणा गरेको थियो ।
कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको कोसी स्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिनुभयो ।
मृतकलाई उच्च रक्तचाँपको पनि समस्या रेहको थियो ।
यो संगै मोरङकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
बिहीबार मात्र मोरङमा २ जनाको संक्रमणका कारण मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्