
काठमाडौं, साउन २३ । कोरोना संक्रमणको दर बढ्दै जाँदा अदालतमा अत्यावश्यक बाहेकका सेवाहरु अझै केही दिन स्थगन हुने भएका छन् ।
सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले कोरोनाको बढ्दो सक्रमणका कारण केही दिन अत्यावश्यक बाहेकका सेवा अझै स्थगन हुने जानकारी दिनुभयो ।
बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता र सुनुवाई, रिट निवेदनको दर्ता र सुनुवाई तथा अन्तरिम आदेश छलफल, पुनरावेदन निवेदन दर्ता, थुनुवा रहेका मुद्दा, निवेदनको सुनुवाई, मिलापत्र (मुद्दा फिर्ता, पुनरावलोकनको मुद्दा सुनुवाईलगायतको कामकारवाहीलाई प्राथमिकीकरण गरी सुनुवाई गरिने ढकालले बताउनुभयो ।
यी कार्य गर्दा पनि कोरोनाबाट जोगिन आवश्यक थप सतर्कता अपनाइने जनाइएको छ ।
सरकारले लकडाउनको घोषणा गरेपछि अदालतको कामकारवाही समेत प्रभावित हुँदै आएको छ ।
भदौं १ बाट नियमित काममा फर्किने तयारीमा अदालत रहेका बेला कोरोना संक्रमण थप बढ्न थालेपछि अदालतका कामहरु थप प्रभावित हुने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्