१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वास्थ्यकर्मी आइसोलेशनमा बसेपछि उपचार सेवा प्रभावित


0
Shares

सप्तरी, साउन २३ । सप्तरी स्थित गजेन्द्र नारायण सिंह अस्पतालका ३४ जना स्वासथ्यकर्मी आइसोलेशन र क्वारेन्टिनमा बसेपछि अस्पतालको उपचार सेवा बन्द भएको छ ।

चिकित्सक र स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि आज बिहानदेखि अस्पतालले सेवा बन्द गरेको हो ।

७ जना स्वास्थ्यकर्मी आइसोलेशनमा र ४ चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी क्वारेन्टिनमा रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले जानकारी दिनुभएको छ ।

उपचार सेवा बन्द भएपछि बाहिरबाट उपचारका लागि आएका बिरामीहरु धरान, विराटनगर लगायतका स्थानमा लागि जान बाध्य भएका छन् ।