
काठमाडौं, साउन २३ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा रहेका निजी अस्पतालहरूलाई आइसोलेसन सेन्टरमा रूपान्तरण गर्न गृह मन्त्रालयलाई पत्र लेखेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले निजी अस्पताललाई कोभिडका बिरामी राख्ने आइसोलेसन सेन्टर बनाउन प्रस्ताव पठाइएको बताउनुभयो ।
उहाँले निजी अस्पताललाई आइसोलेसन बनाउने स्वीकृति कुरिरहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्