
एजेन्सी, साउन २३ । एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ शुक्रबार साँझ भारत केरलको कोझिकोडमा दुर्घटना भएको छ ।
दुबईबाट केरल आएको विमानमा चालक दलका सदस्यसहित १९१ जना यात्रु रहेको बिबिसीले जनाएको छ ।
नेपाली समयअनुसार साँझ करिब ७ बजेर ४५ मिनेट जाँदा कोझिकोड एयरपोर्टमा अवतरण क्रममा रनवेबाट चिप्लिएर विमान दुर्घटना भएको हो । विमान अवतरण क्रममा भारी वर्षा भइरहेको थियो ।
विमान दुर्घटना भए पनि यसमा आगलागी नभएको सञ्चारमाध्यमहरूले जनाएका छन् । सबै यात्रुको उद्धार भइरहको छ ।
दुर्घटनामा दर्जनौं यात्री घाइते भएका छन् ।
भारतीय नागरिक उड्डययनका अधिकारीले दिएको जानकारी अनुसार दुर्घटनामा परेको विमान दुई टुक्रा भएको छ ।

प्रतिक्रिया दिनुहोस्