
चितवन, साउन २५ । कन्ट्याक्ट ट्रेसिङपछि जिल्ला प्रहरी कार्यालय चितवनका १२ जना प्रहरी कर्मचारीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।
चितवनको भरतपुर कोभिड–१९ प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ईलाका प्रहरी कार्यालय टाडीमा कार्यरत १ जना प्रहरी कर्मचारी, जिल्ला ट्राफिक कार्यालय चितवनमा कार्यरत १ जना प्रहरी कर्मचारी र जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका १ जना व्यक्तिमा कोभिड १९ पुष्टि भएको हो ।
टाँडीमा कार्यरत प्रहरी घरविदामा गएर आएपछि होम क्वारेन्टिनमै बसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
संक्रमित सबैलाई भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ ।
कन्ट्याक्ट ट्रेसिङपछि जिल्ला प्रहरी कार्यालयका १२ जना प्रहरी कर्मचारीहरुलाई क्वारन्टिनमा राखिएको छ भने थुनुवा कक्ष सिल गरिएको छ ।
हिरासतमा रहेका व्यक्तिहरुको आजै पीसीआर परीक्षण गरिने चितवन प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्