१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपचारको अभावमा विष्णुको मृत्यु भएपछि नारायणी अस्पतालमा तोडफोड


0
Shares

वीरगञ्ज, साउन २५ । नारायणी अस्पताल वीरगञ्जमा आइतबार तोडफोड गरीएको छ ।

उपचारको अभावमा शुक्रबार राती मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएपछि आफन्तहरुले नारायणी अस्पतालमा तोडफोड गरेका हुन् ।

विभिन्न अस्पतालले भर्ना लिन नमानेपछि अकालमै ज्यान गुमाएकी भनिएकी छपकैया–२ निवासी २० वर्षीय विष्णु लामाका परिवारले अस्पताल भित्र तोडफोड गरेका हुन् ।

तोडफोडको क्रममा नारायणी उप–क्षेत्रीय अस्पतालमा रहेको अकास्मिक सेवा कक्ष, पीसीआर परीक्षण गर्ने ठाउँ र चिकित्सकको बा १२ च ६९६६ नम्बरको गाडी समेत क्षतिग्रस्त भएको छ ।

ड्युटीमा खटिएका चिकित्सक, सहायक स्वास्थ्यकर्मीलगायतलाई समेत स्थानीयले कुटपिट गरी घाइते बनाएका छन् ।

प्रहरीले लाठीचार्ज गरेपछि अहिले स्थिति सामान्य भएको छ ।