
विराटनगर, साउन २५ । प्रदेश १ मा आइतबार ४० जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित मध्ये ९१५ जना डिस्चार्ज भएका छन् ।
संक्रमण पुष्टि भएका मध्ये मोरङमा २९, सुनसरीमा ६ र झापामा ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
योसंगै प्रदेश १ मा हालसम्म १ हजार ४ सय २३ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रदेशमा हालसम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्