७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा निषेधाज्ञा


0
Shares

जुम्ला, साउन २५ । जुम्लाको सदरमुकाम खलंङ्गास्थित चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

चन्दननाथ नगरपालिका र तिला गाउँपालिकामा कोरोना संक्रमण देखिएकोले दुई स्थानीय तहमा आजदेखि निषेधाज्ञा जारी गरिएको हो ।

चन्दननाथ नगरपालिकाको हकमा पूर्वको दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदीको क्षेत्रभित्र निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

त्यसै गरी तिला गाउँपालिका– ५ ढिमकोट गाउँको पुर्वमा चुलाकोट, पश्चिममा जुगामूल, उत्तरमा डुङ्ग्री गाउँ र दक्षिणमा खोलीगाउँको चारकिल्ला भित्र निषेधाज्ञा जारी गरिएको छ ।

औषधि र स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण क्रियाकलापहरु पूर्णरुपमा बन्द गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

चन्दननाथ नगरपालिकाका–१ का एक जना पुरुष, वडा नम्बर ३ का एक जना महिला र वडा नम्बर ६ का एक जना पुरुषमा संक्रमण देखिएकोको छ ।