
फाइल तस्बिर
बाँके, साउन २५ । बाँकेमा आइतबार कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–२ की ७० बर्षिया महिलाको कोरोनाबाट मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिनुभयो ।
उनको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
यसअघि बैजनाथकी एक महिला र नरैनापुरका पुरुषको कोरानाबाट मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्