
रोमन आचार्य र भरत केसी (ईमेज)
काठमाडौं, साउन २५ । नेपाली कांग्रेस १४ औं महाधिवेसनको तयारीमा छ ।
महाधिवेसनबाट नेतृत्व हत्याउन संस्थापन र इतर समूह घुँडा धसेर लागेका छन् ।
महाधिवेसन आफ्नो पक्षमा पार्न शक्ति संचयको खेल यति बढेको छ कि स्वयम् पार्टी सभापति नै महाधिवेसनको सम्मुखमा विधानको मर्म विपरित विभागहरु गठन गर्ने तथा आफूनिकट कार्यकता भर्ति गर्दै पार्टीमा नवआगन्तुकहरुलाई महत्पूर्ण पद र क्रियाशील सदस्यता बाँड्ने काममा लाग्नु भएको छ ।
कांग्रेसमा ४७ वटा विभागले पूर्णता पाउने हो भने करिव २ हजार ४ सय कार्यकर्ताले जिम्वेवारी पाउँछन् ।
नेतृत्व दोहोयाउन कम्मर कस्नुभएका सभापति देउवा १४ औं महाधिवेशनमा ५० प्रतिशत मत कटाउने तयारीमा हनुहुन्छ ।
इतर समूहको विरोधको बाबजुद ५१ सदस्य रहने विभागमा धमाधम कार्यकर्ता भर्ति गरिहनुभएको छ ।
महाधिवेशनमा करिब ८० प्रतिशत प्रतिनिधि प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आउने व्यवस्था भएकाले विभाग विस्तारलाई देउवाले शक्ति संचयको स्रोत बनाउनुभएको हो ।
सभापति देउवाको रणनीतिलाई रोक्न इतर समूहले पनि हरसम्भव प्रयास गरिरहेको छ ।
तर, गत बिहीबार बुढानिलकण्ठमा असन्तुष्ट समूहलाई बोलाएर उहाँले भागवण्डाको प्रतिशतमा नाम नदिए सबै विभाग एक्लै गठन गर्ने चेतावनी दिनुभएको छ ।
देउवाले विभागहरुलाई प्रदेश तह हुँदै स्थानीय स्तरमा लैजान सातवटै प्रदेशमा प्रतिनिधि तोकेर सदस्यको नामावली संकलन गर्न निर्देशन दिनुभएको छ ।
५ सयको हाराहारीमा ज्येष्ठ राजनीतिज्ञ सभा गठन गर्नु पनि शक्ति संचयकै रणनीति हो ।
सभापतिको देउवा यत्तिमा मात्र रोकिनु भएको छैन ।
तत्कालीन फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारदेखि राप्रपाका पूर्वमहामन्त्री सुनील थापासम्मलाई कांग्रेस प्रवेश गराउनुभएको छ ।
गच्छदारलाई २५ हजार तथा सुनिल थापालाई ५ हजार क्रियाशील सदस्य दिने देउवाको तयारी छ ।
विगतदेखि नै कांग्रेसमा विभागको राजनीति महाधिवेसन जित्ने गतिलो आधार बनेको छ ।
जसलाई वर्तमान सभापति देउवाले पनि पछ्याइरहनु भएको छ ।
देउवामा म नै विधान म नै कांग्रेस भन्ने महत्वकाक्षां हावी भएको आरोप लाग्दै आएको छ ।
विधानमा नभएको पदाधिकारी बैठकको एकल निर्णयले १० लाख क्रियाशील सदस्य पुर्याउने रणनीति नेतृत्व हत्याउने गतिलो अश्त्र बन्न सक्ने देखिन्छ ।
भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्