३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


भदौ १ बाट हवाई उडान र अन्तरजिल्ला यातायात नखोल्न सीसीएमसीको सिफारिश


0
Shares

corona flight bus service

काठमाडौं, साउन २५ । कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न सरकारलाई सिफारिश गरेको छ ।

कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) को आइतबार बसेको बैठकले भदौं १५ सम्मका लागि सञ्चालन स्थगित गर्ने प्रस्ताव गरेको हो ।

यसअघि साउन ५ मा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको थियो ।

तर कोरोना भाइरसको संक्रमण नघटेपछि सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने भनिएको सबै क्षेत्र भदौ १५ सम्म नखोल्न प्रस्ताव गरेको हो ।

बैठकले बैंक, संघ संस्थामा ५० प्रतिशत मात्र कर्मचारी काममा बोलाउन र ५० प्रतिशतलाई घरमा राखेर ७ वा १५ दिनमा आलोपालो गर्न प्रस्ताव गरेको छ ।

यससम्बन्धि औपचारिक निर्णय भने सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्ने जनाइएको छ ।

स्थानीय तहको समन्वयमा थप आइसोलेसन र क्वारेन्टिन स्थलहरु व्यवस्था गर्ने निर्णय पनि गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले जानकारी दिनुभएको छ ।