
काठमाडौं, साउन २६ । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड नाघेको छ ।
विश्व स्वास्थ्य (डब्लुएचओ) को पछिल्लो तथ्यांक अनुसार विश्वमा दुई करोड २६ हजार २११ व्यक्ति कोरोना भाइरस संक्रमित भएका छन् ।
संक्रमणको कारण विश्वभरी सात लाख ३४ हजार २५ जनाको मृत्यु भएको पनि सो संगठनले जनाएको छ ।
सोमबारसम्म विश्वभरीमा एक करोड २९ लाख ७५७ जना व्यक्ति संक्रमणबाट मुक्त भएका छन् ।
विश्वभरमा हाल ६३ लाख ९१ हजार ५०५ व्यक्ति संक्रमित रहेका र उनीहरुको उपचार भइरहेको छ ।
संक्रमितमध्य ६४ हजार ९९४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५१ लाख ९९ हजार ४४४ सङ्क्रमित रहेका छन् ।
यस प्रकोपका कारण अमेरिकामा एक लाख ६५ हजार ६१७ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।
दक्षिण अमेरिकामा ४७ लाख ५० हजार ४०४ संक्रमित रहेका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्