
सुनसरी, साउन २६ । प्रदेश १ मा सोमबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मोरङमा १६, सुनसरीमा १४, झापामा ९, धनकुटा, खोटाङ र प्रदेश १ बाहिरका एक/एक जना गरी कूल ४२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।
यस्तै प्रदेश १ बाट सोमबार ९९ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार १४ पुगेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्