१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


बाजुरामा बाढीले २७ घर बगायो, एकजना बेपत्ता


0
Shares

बाजुरा, साउन २६ । बाजुरामा बाढीले बगाउँदा एक महिला बेपत्ता भएकी छिन् ।

बाजुराको बडिमालिका नगरपालिकामा गए राती अविरल वर्षासँगै बुढिगंगा नदीमा आएकोे बाढीले बगाउँदा बडिमालिका–२ घाग्रकी ५५ वर्षिया आउँसी देवि महत बेपत्ता भएकी छिन् ।

बाढीले २७ घर बगाएको छ भने दुई सयभन्दा बढी विस्थापित भएका छन् ।

बाढीले एउटा बेलीब्रीज र पाँच वटा झोलुङ्गे पुल समेत बगाउनुका साथै सयौ हेक्टर खेतीयोग्य जमिन बगाएको छ ।

क्षतिको यकिन विवरण अझै आउन नसकेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय हिजो रातीदेखी नै उद्धारमा खटिएको बताइएको छ ।