२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


दम्पतिको हत्यामा संलग्न चारजना सार्वजनिक


0
Shares

कञ्चनपुर, साउन २६ । बोक्सीको आरोपमा हत्या गरिएका कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरका खाती दम्पतिको हत्यामा संलग्न चारजनालाई प्रहरीले सोमबरा सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घनश्याम र बेलुदेवी खाती दम्पत्तीको हत्यामा संलग्न छिमेकी प्रकाश ऐरसहित चार जनालाई सार्वजनिक गरेको हो ।

उनीहरुलाई ऐरले पैसा दिएर हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ऐरसँगै दिनेश राना, होरी राना र कृष्णपुर नगरपालिका– २ बस्ने भर्ना भनिने रवि राना रहेका छन् ।

छिमेकी प्रकाश ऐरले लामो समयदेखि मृतक परिवारसँग बोक्सीको आरोप लगाएर विवाद गर्दै आएको र भर्ना भनिने रवि रानालाई ४ लाख रुपैँया दिएर हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो ।

प्रहरीले रवि रानाको घरमा लुकाएर राखेको एक लाख ५० हजार रुपैयाँ बरामद गरेको छ ।

यस्तै उनीहरुले प्रयोग गरेका ४ थान मोवाइल र दुईवटा मोटरसाइकलसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।