
काठमाडौं, साउन २६ । सोमवार पनि शेयर बजारमा दोहोरो अंकको सुधार जारी रह्यो ।
कारोबार पनि डेढ अर्ब माथी रह्यो ।
बजार परिसूचक नेप्से ३७ अंकले उकालो लागेर १४ सय ३० मा पुग्यो ।
यसदिन कारोवार भएका अधिकांश जसो समूह सकारात्मक रहे ।
निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च २ सय ८३ अंकले बृद्धि आयो ।
जीवन बीमा समूह पनि २ सय २३ अंकले बढ्यो । यस्तै, लघुवित्त समूह पनि ७१ अंकले उकालो लाग्यो ।
होटल, व्यापार उत्पादन मुलक, वाणिज्य बैंक लगायत समूह पनि दोहोरो अंकले सुधारिए ।
यस दिन नेपाल स्टक एक्सचेन्जमा १ सय ८९ कम्पनीको ४२ लाख ५२ हजार कित्ता शेयर १ अर्ब ५६ करोड रुपैया बराबरमा कारोवार भएको नेपाल स्टक एक्सचेन्जेले जनाएको छ ।
बैक तथा वित्तिय संस्थामा अधिक तरलता, व्याजदरमा कमी आउने आशा, कम्पनीहरुले बोनस लगायत घोषणा गर्ने समय एवं कोभिडका कारण लगानीका अन्य क्षेत्र निश्क्रिय रहेका आदी कारणले बजार सकारात्मक दिशा तर्फ उन्मुख भएको लगानीकर्ताहरुले विश्लेषण गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्