१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गोंगबु हत्या प्रकरणः चितवनबाट एक महिला पक्राउ


0
Shares

gongabu murder kathmandu police

काठमाडौं, साउन २६ । गोंगबुमा एक पुरुषको विभत्स हत्याको घटनामा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले चितवनको टाढी, माधवपुरबाट कल्पना शाहीलाई पक्राउ गरेको हो ।

प्रहरी उच्च स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएकी उनलाई प्रहरीले काठमाडौं ल्याउँदैछ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएपछि प्रहरी अनुसन्धानमा जुटेको छ ।

घटनामा मारिने दाङका कृष्णबहादुर बोहोरा भएको भने सोमबार दिउँसो खुलेको थियो ।

टोखा नगरपालिका–१० स्थित गोंगवु गणेशस्थानमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो ।

सोमबार बोहराको मामाले शवको सनाखत गरेपछि प्रहरीले हत्या गरेको घर पत्ता लगाएको थियो ।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो ।