
रौतहट, साउन २७ । मर्मत गरेको एक महिना नबित्दै रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा ठूला–ठूला खाल्डो परेको छ ।
पूर्व–पश्चिम राजमार्गको धन्सार–बाग्मती सडकखण्ड मर्मत गरेको एक महिना नबित्दै पहिलेको अवस्था भन्दा झनै बिग्रिएको हो ।
राजमार्गको पाँच सय भन्दा बढी स्थानमा खाल्डाखुल्डी परेको छ ।
राजमार्गमा सामान्यतया सवारी साधनको गति प्रतिघण्टा ६० किलोमिटर हुनु पर्नेमा खाल्डाखुल्डीले गर्दा २० किलोमिटरको गतिमा गुडाउन पनि मुस्किल हुने गरेको छ ।
जसका कारण कार, जीप जस्ता साना सबारी साधन सबैभन्दा बढी मारमा परेका छन् ।
सडक राम्रो नहुँदा सबारी साधन चलाउन कठिन हुने गरेको सवारी चालकहरु बताउछन ।
राजमार्ग मर्मत गर्न सोनी कन्स्ट्रक्सनले ६१ लाख रुपैयाँ भुक्तानि लिएको थियो ।
सडक डिभिजन कार्यालयका प्रमुखसहित प्राबिधिक कर्मचारी र निर्माण ब्यबसायीको मिलोमतोमा सकड मर्मतमा अनियमितता भएको स्थानियको आरोप छ ।
प्रतिक्रिया दिनुहोस्