
काठमाडौं, साउन २७ । काठमाडौंको थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा कोरोना (कोभिड १९) को परीक्षण सुरु भएको छ ।
काठमाडौं महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्तपालमा कोभिड १९ परीक्षण सुरुभएको हो ।
अस्पतालको ६१ औं वार्षिकोत्सवको अवसरमा मंगलबार पीसीआर प्रयोगशालको औपचारिक उद्घाटन गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितिमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पीसीआर प्रयोगशालाको उद्घाटन गर्नुभयो ।
महानगरपालिकाले पीसीआर मेसिन उपलब्ध गराएपछि अस्पतालले पीसीआर ल्याब निर्माण गरेको हो ।
महानगरले पीसीआर मेसिन सहित भिटिएम १ हजार ५ सय थान, आरडीटी १ हजार ५ सय थान र पीपीई ५ सय थान उपलब्ध गराएको छ ।
अस्पतालकी निर्देशक संगीता कौशल मिश्राले महानगरपालिकाले पीसीआर मेसिन सहयोग गरेपछि परीक्षण सुरु गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्