२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


कोरोना भाइरसको खोप बनाएको रुसको दाबी, पुटिनकी छोरीमाथि नै भयो सफल परीक्षण


0
Shares

russia corona vaccine introduce

एजेन्सी, साउन २७ । रुसले कोरोना भाइरसविरुद्धको खोप पत्ता लगाएको दावी गरेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको सफल परीक्षण भएको दाबी समेत गर्नुभएको छ ।

राष्ट्रपति पुटिनले खोपको सफल परीक्षण भएर रुसी स्वास्थ्य मन्त्रालयले आमस्तरमा खोप लगाउन अनुमति दिएको समेत जनाउनुभएको छ ।

‘गाम कोभिड भ्याक ल्योए’ नामको उक्त भ्याक्सिन ठूलो संख्यामा उत्पादन गरिने राष्ट्रपति पुटिनले जानकारी दिनुभएको छ ।

उक्त खोपको आफ्नै छोरीमाथि परीक्षण भएको र नतिजा सफल देखिएको दावीसमेत पुटिनले गर्नुभएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

मंगलवार खोप पत्ता लागेको घोषणा गर्दै पुटिनले भन्नुभयो, ‘हामीले कोरोनाको सुरक्षित भ्याक्सिन बनाएका छौँ । त्यसले सरकारीस्तरमा अनुमति पनि पाएको छ ।’

विश्वमै कोरोना भाइरसविरुद्ध बनाइएको पहिलो खोपलाई रक्षा मन्त्रालय र गामालेया नेशनल सेन्टर फर रिसर्च अन इपिडिमियोलोजी एन्ड माइक्रोबायलोजीले मिलेर तयार पारेका हुन् ।

यो भ्याक्सिन सबैभन्दा पहिले फ्रन्टलाइन स्वास्थ्यकर्मी, शिक्षक र जोखिममा परेका मानिसलाई लगाइने पनि खबरमा उल्लेख छ ।

विश्वको कोरोना संक्रमितका संख्यामा चौथो स्थानमा रहेको रुसमा करिब ९ लाख मानिस संक्रमणमा परेका छन् भने १५ हजारको मृत्यु भएको छ ।

विश्वमा शक्ति राष्ट्रहरुबीच कसले पहिला खोप पत्ता लगाउने भन्ने होड चलिरहेका बेला रुसले सबैलाई उछिनेको हो ।