
नुवाकोट, साउन २७ । नुवाकोटमा निषेधाज्ञा पालना नभएको भन्दै नुवाकोटमा नेपाली सेना परिचालन गरिएको छ ।
जिल्ला संकट व्यबस्थापन केन्द्रको बैठकले जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको हो ।
समुदाय स्तरमा संक्रमण फैलिन थालेपछि जिल्लामा आईतबारदेखि निषेधाज्ञा जारी गरिएको थियो ।
आवश्यक परे जिल्लामा कफ्र्यू जारी गर्ने नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्