१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गायक निशान भट्टराईले गरे प्रेमिकासँग विवाह


0
Shares

काठमाडौं, साउन २७ । गायक निशान भट्टराईले विवाह गरेका छन् ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा मंगलवार निशानले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह गरेका हुन् ।

काभ्रेको धुलिखेलस्थित जिल्ला अदालतमा यी दुईको विवाह भएको हो ।

नेपाल बार एशोसियसनका पूर्व अध्यक्ष अधिवक्ता रमेश हुमागाईले निशानको विवाह गराएका हुन् ।

नेपाल आइडलको पहिलो सिजनमा दोस्रो भएका निशान गएको दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

निशानले प्रेमिका न्यौपानेसँग ‘लाहुर जाने रेल’ बोलको गीतमा अभिनय गरीसकेका छन् ।