१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पानीको मूल्य बढाइएको भन्दै उपभोक्ता आक्रोशीत


0
Shares

काठमाडौं, साउन २७ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले जारको पानीको मुल्य नबढाइएको दाबी गरेको छ ।

विभागले आगामी भदौ १० गतेबाट लागु हुने गरि जार र बोटलको खानेपानीको अधिकत्तम मुल्य तोकेको छ ।

विभागले बजारमा सन्तुलन कायम गर्न जार र बोत्तलको पानीको समर्थन मुल्य तोकेको स्पष्ट पारेको छ ।

विभागले १ लिटर प्रशोधित पानीको अधिकतम खुद्रा मूल्य १६ रुपैयाँ प्रति कार्टुन वितरक मूल्य १३० रुपैयाँ तोकेको छ ।

यस्तै, एक जार प्रशोधित पानीको अधितम खुद्रा मूल्य ५० रुपैयाँ र वितरक मूल्य ३५ रुपैयाँ तोकिएको छ ।

उपभोक्ताकर्मीहरु र कतिपय खुद्रा व्यवसायीहरुले पनि बजार मूल्य भन्दा पनि अधिक तोकिएको बताउँदै आएका छन् ।

बजारमा गई अवलोकन गर्दा फरक फरक पसलमा पानीको मुल्य फरक फरक पाईएको भन्दै कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा मुल्य तोकिएको र पानीको मुल्य अझ घट्न सक्ने दाबी विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीको ।

सुवेदीले पानीको मुल्यका लागि बजारमा र गुणस्तर कायम गर्न उद्योगहरुको अनुगमन तिव्र बनाईएको पनि दाबी गर्नुभएको छ ।