१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भगवती जात्रा मन्दिर परिसरमै सिमित


26
Shares

पाल्पा, साउन २८ । नेपालको वीरता, राष्ट्रियता र देशभक्तिसँग जोडिएको पाल्पाको ऐतिहासिक भगवती जात्रा कोरोना महामारीका कारण प्रभावित भएको छ ।

संक्रमणको जोखिमलाई ध्यानमा राखी भगवती मन्दिर गुठी व्यवस्थापन समितिले मन्दिर परिसरमै विजयउत्सवसहितको भगवती जात्रा निकालेको छ ।

जोखिमलाई ध्यानमा राखेर भगवतीको मूर्ति ३ पटक मन्दिर परिक्रमा गराएर नेपाली सेनाले सलामी दिएपछि सर्वसाधारणको नाममा पूनः ३ पटक मन्दिर घुमाएर जात्रा सम्पन्न गरिएको थियो ।

१८७१ सालदेखि १८७२ सम्म अंग्रेजसँगको युद्धमा नेपाली सेनाले जितगढी क्षेत्रमा विजय प्राप्त गरेको सम्झनास्वरुप १८७६ सालदेखि विजयउत्सव मनाउन थालिएको हो ।

जात्राको अबसरमा प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा दिएको छ ।